गौरीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

 माघ २९, २०७५ मंगलबार १३:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  गौरीघाटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा ६८ प १०७३ नम्बरको मोटरसाईकल पल्टिँदा गौरीघाटका २४ वर्षीय पारस थपलियाको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, गएको २४ घण्टामा काठमाडौ उपत्यकामा १३ सय ५५ वटा यातायात कारबाहीमा परेका छन् । 

सवारी नियम उल्लङ्घन गर्ने, धेरै यात्रु बोक्ने, जाँडरक्सी खाएर गाडी चलाउने, जथाभावी पार्किङ गर्नेलगायतका १३ सय ५५ यातायात कारबाहीमा परेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाही स्वरुप घटिमा ५ सय रुपैयाँ जरिवाना तिराइएको छ । 

अन्तिम अपडेट: कात्तिक ३, २०७६

तपाईको प्रतिक्रिया