भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – आउँदो वर्ष २०७६ सालको पात्रो सार्वजनिक भैसकेको छ । तर पात्रोमा शनिबारबाहेक अरु सार्वजनिक बिदा उल्लेख भएको छैन ।
गृह मन्त्रालयले सार्वजनिक बिदाको सूची तयार नपारेकोले पात्रोमा बिदा उल्लेख गर्न नसकिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
२०७५ सालमा केही बिदा कटौती गरेको सरकारले २०७६ सालमा फेरि केही बिदा यथावत राख्ने तयारी गरेको छ । तर यसको औपचारिक निर्णय भैसकेको छैन । त्यसैले पात्रोमा सार्वजनिक बिदा उल्लेख नगरिएको हो ।
नयाँ पात्रोमा सार्वजनिक बिदा उल्लेख नभए पनि यसवर्ष भएका बिदा आउँदो २०७६ सालमा पनि यथावत हुनेछन् । २०७५ सालको तुलनामा केही बिदा थपिने सम्भावना छ ।
२०७६ सालका महत्वपूर्ण चाडपर्व कहिले पर्छन् त ? हेर्नुहोस् :