महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण : प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – काठमाण्डौ विश्वविद्यालय उपहारस्वरूप पाएको ‘सुपर कम्प्युटर’ सञ्चालन गर्न सकिने भएको छ ।
स्विट्जरल्यान्डको युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स (सेरेन)ले काठमाण्डौ विश्वविद्यालयलाई यो सुपर कम्प्युटर उपहारस्वरूप प्रदान गरेको हो । बनेपास्थित आईटी पार्कमा राखिएको यो कम्प्युटरको व्यवस्थापन काठमाण्डौ विश्व विद्यालयले गरिरहेको छ ।
झण्डै आठ टेराबाइटको र्याम, प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको सुपर कम्युटर नेटवर्क र यसका लागि डाटा आदानप्रदान गर्न उच्च प्रविधिका स्विचहरुसहित आवश्यक डिभाइस सेरेनले नै उपलब्ध गराएको छ ।
सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरमा हुन्छ । आईटी पार्कमा सुपर कम्प्युटरको व्यवस्थापन गर्दै आउनु भएका काठमाण्डौ विश्व विद्यालयका उप–प्राध्यापक मनोज शाक्यले एकै पटकमा धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्ने क्षमता भएको सुपर कम्प्युटर मौसमको बारेमा तत्काल जानकारी लिन दिन, भूकम्पीय जोखिमबारे विश्लेषण गरी पूर्व जानकारी दिन साथै तथ्याङकीय विश्लेषणमा प्रयोग गर्न सकिने बताउनुभयो ।
यस कम्प्युटरमा सरकारी डाटाहरु सुरक्षित गर्न पनि सकिने उप–प्राध्यापक शाक्यले बताउनुभयो । यस कम्प्युटरमा कम्प्युटर प्रविधि अध्ययन गरिरहेका विद्यार्थीले प्रयोगात्मक अध्ययनको लागि समेत उपयोग गर्न सक्ने उप–प्राध्यापक शाक्यले बताउनुभयो ।
झण्डै दुई हजार वटा सामान्य कम्प्युटरले गर्ने काम यो एउटा कम्प्युटरले गर्दछ । यो कम्प्युटरको सहायताले भूकम्प प्रतिरुपण, जलवायु परिवर्तन, प्रदूषण निवारणमा वातावरणसम्बन्धी तथ्यांकहरूको विश्लेषणसमेत गर्न सकिने बताइएको छ ।