उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन

 माघ २९, २०७५ मंगलबार १७:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको उपचारका क्रममा निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो । 

दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो । त्यहाँका डाक्टरले मनिषा लामो समयसम्म बाँच्न नसक्ने भनेका थिए ।  

काठमाण्डौमा उनलाई घरमै राखेर उपचार गरिँदै आएकोमा ६ दिनअघि रोगले च्यापेपछि मनिषालाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।  

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवका छोरा अमरेन्द्र यादव र मनिषाको २०७२ वैशाख २९ गते विवाह भएको थियो । उनीहरुको दुई वर्षकी छोरी छिन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया