बलात्कार मुद्दाका अभियुक्त अदालत परिसरबाटै भागे

 माघ २९, २०७५ मंगलबार १७:४१:१६ | निर्मला खडायत
unn.prixa.net

कैलाली – कैलालीको जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैलालीको लम्कीका दिल्प दमाई मंगलबार कैलाली अदालतबाट फरार भएका हुन् ।

इलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई म्याद थपका लागि अदालतमा लगिएको र त्यहीँबाट भागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिनुभयो ।

उहाँले फरार दमाईको खोजबिनका लागि प्रहरी परिचालन गरिएको बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया