दुई करोड ५० लाख धरौटी बुझाएर छुटे आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का

 माघ २९, २०७५ मंगलबार १८:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – १८ करोड ६६ लाख बराबर भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन् । 

खड्का विशेष अदालतलाई २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । 

विशेष अदालतका न्यायाधीशहरु बाबुराम अर्याल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले खड्कालाई  धरौटीमा रिहा गर्ने फैसला सुनाएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक खड्काको जमानी बसेको छ । 

नेपाल आयल निगममा रहँदा खड्काले १८ करोड ६६ लाख रुपैँया गैरकानुनी रुपमा कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया