टुङ्गो लाग्याे ६ सय ६२ जना सह-सचिवको समायोजन, काे कहाँ ? (सूचीसहित)

 माघ २९, २०७५ मंगलबार १८:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले सह-सचिवहरुको समायोजन टुंगो लगाएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले संघ र प्रदेशमा जाने सहसचिवहरुको समायोजनको टुंगो लगाएको हो । 

समायोजनको टुंगो लगाएसँगै सरकारले ६ सय ६२ जना सह-सचिवको समायोजनको सूची सार्वजनिक गरेको छ । जसमध्ये संघमा समायोजन भएका ५६० र प्रदेशमा समायोजन भएका १०२ जना सह–सचिवको सूची सार्वजनिक गरिएको हो ।  

सह–सचिवसहित ५६ सचिव, ४ उपसचिव र २ हजार ८ सय ८९ शाखा अधिकृतको समयोजन यस अघि नै भइसकेको छ । समायोजन भएका सचिवलाई पत्र समेत दिइसकिएको छ भने सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजनको पत्र तयार भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  

आउँदो फागुन ३ गतेसम्म सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य अनुरुप समायोजनको काम भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।  
 

सूची हेर्नुहाेस् 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया