च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग २–० ले पराजित भएको छ ।
फ्रान्सेली क्लब पीएसजीका जितमा डी मारिया नायक बने । १० खेलाडीमा झरेको म्यानचेस्टर युनाइटेडविरूद्द पीएसजीले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । ५३ औ मिनेटमा डी मारियाको कर्नर पासलाई सदुपयोग गर्दै किम्पेम्बेले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
६० औ मिनेटमा मारियाकै पासमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता २–० मा पुर्याए । मुख्य खेलाडी बिना नै मैदानमा उत्रिएको पीएसजी विरूद्द खेल सकिन एक मिनेट अगाडी पाउल पोग्बा दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित बनेको थियो ।
अन्तरिम प्रशिक्षकको रुपमा म्यानचेस्टर युनाइटेडको नेतृत्व गरेका ओले गुनर सोल्सायरले १२ खेलमा पहिलो हार ब्यहोरेका छन् । उनी पछिल्ला ११ खेल मध्य १० खेलमा जित निकालेका छन् । दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा हुनेछ ।