भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, चालक सकुशल

 फागुन १, २०७५ बुधबार ७:३८:२९ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मंगलबार साँझ भारतीय वायुसेनाको लडाकु विमान मिग–२७ दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाइलट सुरक्षित रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना राजस्थानको पोखरण रेञ्जमा साँझ ६:१० बजे भएको थियो । 

विमान के कारणले दुर्घटना भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भारतीय वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिएको छ । विमान प्रशिक्षण उडानमा रहेको थियो ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया