प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा पैसा बाँड्ने कार्यक्रम होइन : श्रममन्त्री विष्ट

 फागुन १, २०७५ बुधबार १४:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मरुभूमिलाई हरियालीमा बदल्ने नेपाली युवाहरुको पौरखी हात मातृभूमिको विकासमा उपयोग हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । यो कार्यक्रम सित्तैमा पैसा बाँड्ने कार्यक्रम हुने हो कि भन्ने संशय बाहिर रहेको भन्दै उहाँले त्यस्तो संशय नराख्न आग्रह गर्नुभयो । 

रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा मात्रै यो  सुविधा पाइने पनि मन्त्री विष्टले स्पष्ट पार्नुभयो । बिनाकाम सबै बेरोजगारलाई भत्ता बाँड्न नहुने बताउँदै सरकार, निजी र सहकारीको सहकार्यमा मात्रै बेरोजगारी समस्याको अन्त्य हुने पनि मन्त्री विष्टले बताउनुभयो ।

मन्त्री विष्टले विदेशमा रहेका नेपाली श्रमिकलाई स्वदेशमै फर्काउने सरकारको अभियान रहेको बताउँदै भन्नुभयो, ‘श्रम शक्तिको अभावमा गाउँघरका घेतबारी बाँझै छ । कयौँ स्थानमा श्रमिकको अभाव छ । हाम्रा युवाहरुलाई स्वदेशमा नै रोजगार दिने गरी काम गर्ने नीति नभएको र श्रमलाई सम्मान गर्ने व्यवस्था नहुँदा यस्तो अवस्था आएको हो ।’

मन्त्री विष्टले तथ्यांकलाई अध्यावधिक गर्दै आवश्यक सीप र दक्षताका माध्यमबाट रोजगारी दिने बताउनुभयो ।

निश्चित आम्दानी हुने गरी स्वरोजगारमा आउन नसकेकालाई सार्वजनिक निर्माण र सार्वजनिक काममा लगाई एक सय दिनको रोजगारी सुनिश्चित गरिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : स्थानीय तहमा रोजगारीका सम्भावित क्षेत्र

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया