लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा इरानविरुद्ध नेपालले पहिलो हाफमा एक गोलको अग्रता बनाएको छ ।
खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले गोल गरेकी हुन् ।
आजको खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान सरु लिम्बूले लिएकी छिन् ।
भारत विरूद्ध २ गोल गरेकी सावित्रा भण्डारीले आज पनि नेपालको स्ट्राइकिङ जिम्मेवारी पाएकी छिन् ।
फाइनल पुग्नका लागि नेपालले म्यानमार र भारतबीचको खेलकाे नतिजा कुर्नुपर्नेछ । फिफा वरीयतामा ६०औँ स्थानमा रहेको इरानलाई १०६औँ स्थानमा भएको नेपालले कडा टक्कर दिइरहेको छ ।
नेपाली टिम
गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा
डिफेन्डरः गिता राना, मनमाया लिम्बू, हिरा कुमारी भुजेल, पुनम जर्घा मगर,
मिडफिल्डरः रेनुका नगरकोटी -कप्तान, मन्जली कुमारी योन्जन, दिपा राई, अनिता बस्नेत, सरु लिम्बु
स्ट्राइकरः सावित्रा भण्डारी,