न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
स्याङ्जा – गल्याङ नगरपालिका–११,धरादीमा लु ३ त ६७१२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्गबाट करिब ८ सय मिटर तल धरादी खोलामा ट्रयाक्टर खस्दा गुल्मीको सत्यवती गाउँपालिका—२, का ३६ वर्षीय बाबुराम परियारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
चालक र सहचालक दाजुभाइ भएको र उनीहरुबीच भनाभन तथा आपसी विवाद हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।
चालकले तनावमा ट्रयाक्टर चलाएको कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।