वडा कार्यालयले प्रहरीलाई मोटरसाइकल दियो, महिनाको ३० लिटर पेट्रोल पनि दिने

 फागुन १, २०७५ बुधबार २०:२२:८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३ ले प्रहरीलाई मोटरसाइकल प्रदान गरेको छ । 

वडा कार्यालयले प्रहरीलाई एक÷एक वटा मोबाइल र सिमकार्ड पनि उपलब्ध गराएको हो । साथै वडा कार्यालयले प्रत्येक महिना ३० लिटर पेट्रोल र तीन सय रुपैयाँको रिचार्ज कार्ड उपलब्ध गराउने जानकारी दिएको छ । 

आज एक कार्यक्रमकाबीच वडाध्यक्ष  भुपेन्द्र खत्रीले मोटरसाइकल, मोबाइल र सिमकार्ड जिल्ला प्रहरी कार्यालाई हस्तान्तरण गर्नुभएको हो । 

उहाँले वडाको शान्ति सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई आवश्यक सामान सहयोग गरेको बताउँदै भन्नुभयो, ‘यसले शान्ति सुरक्षा मजबुत गराउन प्रहरीलाई सहयोग पुग्ने अपेक्षा छ ।’ 
 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया