टिपर दुर्इपा‌ंग्रे चालककाे काल बन्दै

हप्ता दिनमै टिपरले फेरि लियो स्कुटर चालकको ज्यान

 असार ८, २०७५ शुक्रबार ९:५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुरमा शुक्रबार एकाबिहानै टिपरले स्कुटरलाई  ठक्कर दिँदा स्कुटर चालकको घट्नास्थल मै ज्यान गएको छ । 

मृत्यु हुनेमा सिन्धुपाल्चोकको चेलाङ्ग घरभई हाल मध्यपुरथिमि नगरपालिका ६ बस्दै आएका ४८ वर्षका चेतबहादुर थापा रहकोे प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान साढे पाँच बजे पेप्सीकोलाबाट तीव्र गतिमा सानोठिमीतर्फ जाँदै गरेको बा. २ क. ३९३४ नम्बरको टिपरले त्यसै दिशातर्फ जाँदै गरेको बा.६६प. ८५५३ नम्बरको स्कुटरलाई सानोठिमी क्याम्पस अगाडि ठक्कर दिएको थियो ।

घटनापछि टिपरसहित फरार भएका चालक र टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको  छ । 

ललितपुर बस्ने टिपर चालक ३० वर्षका राजन खड्गीलाई टिपरसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवलमान महर्जनले जानकारी दिनुभयो ।  

केही दिन अघि भक्तपुरकै जडीबुटीमा टिपरले स्कुटरलाई  ठक्कर दिँदा स्कुटर चालक राैतहटकी अस्मिता राजभण्डारीकाे ज्यान गएको थियो । ठक्कर दिने टिपरलाई आक्रोशित भीडले आगो लगाइदिएको थियो ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया