रियल मड्रिडको जित

 फागुन २, २०७५ बिहिबार ७:०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता रियल म्याड्रिडले जर्मन क्लब आयाक्सलाई २–१ ले हराएको छ ।

निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा आयाक्सले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा म्याच रेफ्रीले मान्यता दिएनन् । यता रियरलले पहिलो हाफमा गोल गर्न सकेन । जसका कारण दुबै टिमले पहिलो हाफ गोलरहित बराबरी खेले ।

दोस्रो हाफमा भने रियलले घरेलु टिममाथि दबाव बनायो । ६० औं मिनेटमा भिनिसियस जुनियरको पासमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए  । त्यसको १५ मिनेटमा नै हाकिम जिएकले आयाक्सकालागि गोल गर्दै खेल बराबरीमा ल्याए । डेविड नेरेसको पासलाई गोलमा परिणत गरेका थिए ।

खेल एक–एक गोलको बराबरीमा चलिरहेका बेला रियलले तीन मिनेट बाँकी हुँदा पुन: अग्रता लियो । ड्यानी कार्भाजलको क्रसमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई  दुई एकले अगाडि राखे । यो बेला पनि खेलाडीले फल गरेको भन्दै विवाद भए पनि भीएआरको साथ लिइएको थियो । 

त्यसपछि आयाक्स खेलमा फर्कन सकेन र रियल २–१ ले विजयी भयो । दोस्रो लेगको खेल मार्च ५ मा रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया