मुस्ताङमा शैक्षिक सत्र सुरु

 फागुन २, २०७५ बिहिबार ८:५६:१८ | रासस
unn.prixa.net

मुस्ताङ – मुस्ताङमा बुधबारदेखि शैक्षिक सत्र शुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ । फागुनदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ । 

जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३ विद्यालयमा बुधबारदेखि नयाँ शैक्षिक सत्र सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाइले जानकारी दिनुभयो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतका दुई विद्यालयमा भने घुम्ती विद्याललय सञ्चालनमा छ । 

लो घ्याकर दामोदरकुन्ड गाउँपालिकाका नौ विद्यालय र लोमान्थाङ गाउँपालिकाका १० विद्यालयमा पुसदेखि घुम्ती शत्र सञ्चलनमा छ । चिसोका कारण पठनपाठन सञ्चालन गर्न समस्या भएपछि घुम्ती शत्र सञ्चालन गरिएको हो । जाडो छल्न पोखरा, काठमाडौँ, चितवन, बुटवल तथा भारततर्फ गएका मुस्ताङवासी फागुन लागेपछि घर फर्कने गर्छन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया