‘अबको २० वर्षमा सिहंदरबार डम्पिङ साइट हुन्छ’

 फागुन २, २०७५ बिहिबार १२:२१:० | उज्यालो सहकर्मी
unn.prixa.net

सिंहदरबार परिसरमा बिग्रिएका कारहरु

काठमाण्डौ – राष्ट्रियसभाका सदस्यहरुले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य कालिबहादुर मल्लले सिंहदरबारभित्रका ग्यालरी बैठकमा टुटेफुटेका सामानहरु थुपार्ने काम गरिएको भन्दै त्यसको सही व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सिंहदरबारभित्र राखिएका बिग्रिएका सवारीसाधनको पनि तत्काल सही व्यवस्थापन गर्न माग गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘अबको बीस वर्ष पछि सिंहदरबार बाहिर बस्ने र सिंहदरबारभित्र डम्पिङ साइट हुने देखिन्छ ।

यसकारण सम्बन्धित पक्षको ध्यानाकर्षण होस् ।’ उहाँले देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा दूरदराजका सर्वसाधारणलाई असहज भएको भन्दै सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले कडा सुरक्षा जाँचका साथै नागरिकता वा परिचयपत्रको आधारमा सिंहदरबार प्रवेश गर्न सक्ने गरी व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । दुर्गम क्षेत्र विकास आयोजना अन्तर्गतका अलपत्र परेका योजनाहरुको जिम्मा लिई पूरा गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया