नेपाल भ्रमण वर्ष-२०२० को इजरायलमा प्रचारप्रसार

 फागुन २, २०७५ बिहिबार १५:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल भ्रमण वर्ष २०२० को इजरायलमा पनि प्रचार प्रसार गरिएको छ । 

इजरालयमा भएको इन्टरनेशनल मेडिटेरिनियन टुरिज्म मार्केटमा नेपाल पर्यटन बोर्डले पनि स्टल राखेर नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेको हो । नेपाल पर्यटन बोर्डसहित २ वटा नीजि कम्पनीले सहभागिता जनाएको मेलामा सहभागीले नेपालका पर्यटकिय गन्तव्यको बारेमा चासो राखेका थिए । 

यस्तै इजरायलमा रहेको नेपाली दूतावासको पहलमा स्थानीय होटलमा नेपाल भ्रमण वर्ष २०२० को बारेमा अन्तरक्रिया कार्यक्रम पनि भएको छ । अन्तरक्रियामा नेपाल भ्रमण गरेका इजरायलका पर्यटकले आफ्नो अनुभव आदान प्रदान गरेका थिए । 

गएको वर्ष नेपालमा ६ हजार ९ सय १३ जना इजरायली पर्यटक नेपाल घुम्न आएका थिए । नेपाल भ्रमण वर्षमा यो संख्या उल्लेख्य रुपमा बढाउने पर्यटन बोर्डले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया