बिग ब्याश लिग: सेमिफाइनलमा सन्दीप विकेटविहीन

 फागुन २, २०७५ बिहिबार १५:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा बलर सन्दीप लामिछाने बिग ब्याश लिगको सेमिफाइनल खेलमा विकेटविहीन बनेका छन् ।

उनले चार ओभरमा ३१ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् ।

टिमको छैटौ तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले नौ रन दिए । उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बल डट फाले । तेस्रो बलमा भने चौथो प्रहार भयो । त्यसपछिका दुई बलमा एक एक रन दिएका उनले अन्तिम बलमा दुई रन दिए ।

त्यसपछि व्यक्तिगत दोस्रो ओभरमा उनले झन राम्रो बलिङ गरे । सो ओभरमा उनले मात्र ६ रन दिए । उनको बलमा ब्याट्सम्यानले जाेखिम लिन नखोजी एक एक रन बटुले ।

तेस्रो ओभरमा सन्दीपले मात्र चार रन दिए । त्यसपछि व्यक्तिगत चौथो ओभरकाे पहिलो बलमा उनले चौका खान पुगे । त्यसपछि एक रन दिएका उनले तेस्रो बल डट गरे । चौथो बलमा फेरि एक रन खर्चिएका सन्दीपले पाँचौ बलमा दुई रन दिए भने अन्तिम बलमा चौका खान पुगे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया