देशवासीका नाममा प्रधानमन्त्रीकाे सम्बोधन : एक वर्षमा समृद्धिकाे आधार तय भयाे

 फागुन २, २०७५ बिहिबार १६:५८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट निर्माणको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्नुभएको छ । 

देशवासीका नाममा सम्बोधन गर्दै उहाँले सरकारको पहिलो वर्ष समृद्धिको आधार तयार पार्न लागेको भन्दै राज्यको संरचनागत व्यवस्थापनमा समय खर्च भएको बताउनुभयो ।  

निकै कठिन मोडमा सत्ता सम्हालेको स्मरण गर्दै उहाँले त्यसलाई पनि सहजताका साथ अंगालेर काम गरिरहेको बताउनुभयो ।  

प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्रप्रति प्रतिवद्ध रहेको भन्दै कसैले अधिनायकवाद भनेर प्रचार गर्दै हिँड्नुलाई ध्यान बराल्ने काम बाहेक केही नभएको बताउनुभयो ।‘अहिले लोकतन्त्र फैलिएको र फैलिदैँ गएको अवस्थामा छ, कसैले फैलदै गरेको लोकतन्त्र खुम्चिएको देख्छ भने त्यसको दृष्टिदोष मात्रै हो’, उहाँले भन्नुभयो । 

साथै आज बिहान उद्घाटन गरिएकाे पानी जहाज कार्यालय रमाइलाेकाे लागि मात्रै नभएकाे उहाँले बताउनुभयाे । उहाँले पानी जहाज आउँदैन कि भन्नेहरुलाई केही महिना पर्खेपछि पानी जहाज सञ्चालनमा आउने र टिकट पाइने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले आफूले पहिलो पटक प्रधानमन्त्री भएको बेला भारतसँग छलफल गरेको नेपालमा पानी जहाज चलाउने योजनाले अब साकार रुप लिन लागेको पनि स्पष्ट पार्नुभयो ।

आफूले नेतृत्व सम्हालेकाे एक वर्ष भएकाे अवसरमा नागरिकका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले देश समृद्धिकाे बाटाेमा हिँडिसकेकाे बताउनुभयाे । उहाँले याे एक वर्षमा समृद्धिकाे आधार तय भएकाे बताउनुभयाे ।  

परराष्ट्र सम्बन्धमा सुधार आएकाे बताउँदै उहाँले केही नयाँ देशसँग पनि सम्बन्ध विस्तार भएकाे बताउनुभयाे । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया