नेपालमा पहिलो पटक महिला क्रिकेट लिग हुने, चैत २२ गतेदेखि सुरु

 फागुन २, २०७५ बिहिबार १७:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा पहिलो पटक महिला क्रिकेट लिग हुने भएको छ । चैत्रको २२ गतेबाट हुने प्रतियोगितामा ५ वटा टिमको सहभागिता हुनेछ ।

काठमाडौंमा हुने प्रतियोगितामा विभिन्न ५ वटा शहरका नामबाट टिम तयार पारिनेछ । प्रतियोगिताको विजेता र अन्य विस्तृत जानकारी भने अर्को कार्यक्रममा गर्ने क्वीन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताउनुभयाे ।

चैत्र ३० गतेसम्म हुने प्रतियोगिताको आयोजना क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले गर्न लागेको हो । यसअघि पुरुष क्रिकेटको पोखरा प्रिमियर लिगको आयोजना गरेको यो संस्थाले नेपाली क्रिकेटको विकासमा सहयोग पुगोस भनेर क्रिकेट प्रतियागिता गर्न लागेको बताएकाे ।

प्रतियोगिताका बारेमा अरु विस्तृत जानकारी भने आउँदा दिनमा सार्जनिक गर्दै आयोजकले जनाएकाे छ ।

प्रतियोगितामा खेलाडीको सूची तयार पारेर ड्राफ्ट र अक्सन दुवैमा जानसक्ने आयोजकले बताएकाे छ । यो प्रतियोगितामा विदेशी खेलाडी सहभागी हुने छैनन् ।

पहिलो संस्करण भएकाले प्रायोजक खोज्न निकै कठिन हुने र आईसीसीबाट स्वीकृति लिन २० लाख रुपैयाँ तिर्दा कठिन हुने भएकाले विदेशी खेलाडी नखेलाउने निर्णय गरेकाे लामाले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया