यात्रु बाेकेकाे बस भेरी नदीमा खस्दा चार जनाको ज्यान गयाे

 फागुन २, २०७५ बिहिबार २०:११:२६ | रासस

जाजरकोट - बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरकाे यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको ज्यान गएको छ । 

बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो । बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । 

उद्धारका लागि घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी खटिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालिसकिएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया