प्रदेश ५ मा आज सार्वजनिक बिदा

 फागुन ३, २०७५ शुक्रबार ६:५९:३४ | उज्यालो सहकर्मी

दाङ – प्रदेशसभा स्थापनाको वर्ष दिन पुगेको अवसरमा प्रदेश ५ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
 
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा हुने जानकारी दिनुभएको छ । स्थापना दिवसको पूर्वसन्ध्यामा बिहिबार राजमार्ग केन्द्रित सरसफाई कार्यक्रम आयोजनासमेत गरेको थियो । 

प्रदेश ५ भित्र पर्ने तराईका ६ जिल्लामा राजमार्ग केन्द्रित सरसफाई गरिएको हो । प्रदेश ५ सभा स्थापना भएको दिवसको अवसरमा राजमार्ग केन्द्रित सरसफाई अभियान थालिएको हो । राजमार्गको दाङ खण्डमा स्थानीय पालिकासँगको सहकार्यमा सरसफाई गरिएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा पूर्वमा दाउन्नेदेखि पश्चिममा चिसापानी कर्णाली सम्मको राजमार्ग सफा गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा राजमार्ग सफा गर्नु भयो, भने अन्य मन्त्री र सांसदहरु राजमार्गको विभिन्न ठाउँमा पुग्नु भएको छ ।

लमहीमा सामाजिक विकास मन्त्री शुदर्शन बराल, कोहलपुरमा कानुन मन्त्री कुलप्रसाद केसीले राजमार्गमा सफा गर्नु भएको छ । प्रदेश स्थापना दिवसमा फागुन २, ३ र ४ गते विशेष कार्यक्रम राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया