कोलकाता बन्दरगाहबाट ढुवानीमा ईसीटीएस प्रणाली लागू

 फागुन ३, २०७५ शुक्रबार ७:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ । 

नयाँ व्यवस्था लागू गर्न बिहीबार विरगञ्जमा आयोवित अन्तक्र्रिया कार्यक्रममा कोलकोता पोर्ट र हल्दीया पोर्टका उच्च अधिकारीहरू नयाँ सेवाको व्यवस्था र चुनौतीहरुको बारेमा चर्चा गरेका थिए । गएको ६ महिनादखि विशाखापटनमबाट भने ईसीटीएसको सुविधा उपलब्ध छ ।

ईसीटीएसको सुविधा जडान भएपछि कागजी कामको झन्झट सकिएको छ । यस अघि नेपाली आयातकर्ताले ८ वटा कागज पत्रमा २४ ठाउँमा हस्ताक्षर गराउनु पर्ने थियो । अब सिपीङ कम्पनीहरुले नेपाली आयातकर्ताको सामान एकै पटक बीरगञ्ज सुख्खा बन्दरगाह सम्म ल्यादिने छ । यसले गर्दा नेपाली आयातकर्ताहरुले कोलकोता पोर्टमा तिर्दै आएको शुल्कबाट मुक्ति पाउने भएका छन् ।

भूपरिवेष्ठीत राष्ट्रहरुमा सडक सञ्जाल सुरक्षित तथा ब्यवस्थित पार्न  एडीबीको सहयोगमा विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली सुरु गर्न थालिएको हो । यो प्रणालीका लागि भने ३५ सय रुपैयाँ थप आयातकर्ताले ब्यहोर्नु पर्ने छ ।  यो प्रविधिबाट एप्स मार्फत कन्टेनर चेकजाँचको प्रक्रिया रेखदेख  र कहाँ कुन अवस्थामा छ भन्ने सम्मको जानकारी पाउन सक्ने हल्दीया पोर्ट ट्रष्टका जेनरल म्यानेजर सपन अहरोयले बताउनुभयो ।

अहिले रेल्वे सेवामा मात्र लागू गरिएको यो सेवालाई सडक यातायातमा पनि लगाउनु पर्ने व्यवसायीको माग छ । उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले यो प्रविधि ट्रक तथा कन्टेनरका लागि समेत व्यवस्था हुनपर्नेमा जोड दिनुभयो  ।
    

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया