घुस प्रकरणमा मुछिएका अख्तियार आयुक्त पाठकले दिए राजीनामा

 फागुन ३, २०७५ शुक्रबार १३:४९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएको छ ।

राष्ट्रपति कार्यलय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पाठकले राजीनामापत्र बुझाउनुभएको राष्ट्रपति कार्यलयका प्रवक्ता छविन्द्र पराजुलीले उज्यालोलाई जानकारी दिनुभयो । 

नेपाल इञ्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुसबापतको रकम लिएको समाचार सार्वजनिक भएसँगै आयुक्त पाठकविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा  महाअभियोग लगाउनेबारे छलफल भएको थियो । 

आजको प्रतिनिधिसभा बैठकमा महाअभियोग दर्ता गर्ने तयारी भएसँगै पाठकले त्यसअघि नै पदबाट राजीनामा दिनुभएको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष रहेको संवैधानिक परिषदले २०७१ सालको फागुनमा पाठकलाई आयुक्तमा नियुक्त गरेको थियो ।

अख्तियारमै परेको उजुरी मिलाइदिने भन्दै पाठकले फरक–फरक व्यक्तिबाट ७८ लाख रुपैयाँ लिएको समाचार बाहिर आएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया