गोवा घुम्ने रहरले अपहरणको नाटक रच्दै आफ्नै अभिभावकसँग ‘फिरौती’ माग्ने तीन युवक पक्राउ

 फागुन ३, २०७५ शुक्रबार १६:५७:४६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – अपहरणको नाटक गरेर आफ्नै अभिभावकसँग पैसा ठग्न खोज्ने तीन युवक प्रहरीको फन्दामा परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१७ ,बेलौनी बस्ने २२ वर्षीय अजयकुमार साहले साथीसँग मिलेर अपहरणको झुटो नाटक गरेर अभिभावकसँग ५ लाख रुपैयाँ ठग्ने प्रयास गरेपछि प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ पर्नेहरुमा अपहरणको नाटकमा सलंग्न जनकपुरधाम उपमहानगरपालिका–२३ का समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका वडा नम्बर–८ का अरविन्द यादव रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत गरेको छ ।

साथीको जन्मदिनको पार्टीमा गएका अजयको अपहरण भएको कुरा अरविन्दले उनको अविभावकलाई सुनाएका थिए । उनले अजयलाई मुक्त गर्न उनका अभिभावकलाई १५ लाख रुपैयाँको व्यवस्था गर्न भन्दै फोन गरेपछि प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार पछि ५ लाख रुपैयाँ फिरौती दिने सहमति भएको र जनकपुरधाम पैसा लिन आएपछि उनलाई पक्राउ गरी सोधखोज गर्दा अपहरणको घटनाको मुख्य योजनाकार उनकै छोरा अजय रहेको खुलेको थियो ।  

उनीहरु अपहरणको नाटक गरेर काठमाण्डौमा लुकेर बस्दै आएका थिए । फिरौती रकम लिन आएपछि तीनैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अजयले मोटरसाइकल किनेर भारतको गोवा घुम्न जाने योजनाका साथ अपहरणको नाटक रचेको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा उपरीक्षक कोइरालाले बताउनुभयो । प्रहरीले तीनैजनामाथि सार्वजनिक हितसम्बन्धी मुद्दा लगाएर छानबिन प्रक्रिया अघि बढाइएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया