हिरो महिला गोल्डकप फाइनल: खेल सुरु हुनुभन्दा पहिले म्यानमार र नेपाली टोलीले सम्झिए कश्मीर आक्रमण

 फागुन ३, २०७५ शुक्रबार १८:५५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा भैरहेको हिरो महिला फुटबलको उपाधिका लागि अहिले नेपाल र म्यानमार खेलिरहेका छन् ।

केही समयअघि खेल सुरु भएको हो । खेल सुरु हुनुभन्दा पहिले नेपाल र म्यानमारको राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका सीआरपीएफका जवानहरुको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए । 

खेलको पहिलो हाफ चलिरहँदा खेलमा कुनै पनि टिमले पनि गोल गर्न नसके पनि बल भने म्यानमारको पकडमा रहेको छ ।

यस्ताे छ नेपाली खेलाडीकाे प्लेइङ सेट

गोलकिपर: अञ्जली सुब्बा
डिफेन्डर: हिरा भुजेल, पुनम मगर, गिता राना, मनमाया लिम्बु
मिडफिल्डर: मञ्जली योञ्जन, रेनुका नगरकोटी, सरु लिम्बु, दिपा राई, अनिता बस्नेत
फरवार्ड: सावित्रा भण्डारी

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया