प्रतिनिधिसभाबाट कर्मचारी समायोजन विधेयक पारित, प्रदेश र स्थानीय तहमा गएका कर्मचारी संघमा सरुवा हुन नपाउने

 फागुन ३, २०७५ शुक्रबार १८:५५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित गरेको छ । 

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गर्नु भएको विधेयक बहुमतले पारित गरिएको हो । 

विधेयकमा प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीहरुको संघमा सरुवा हुन नपाउने व्यवस्था गरिएको छ । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले त्यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा व्यापक छलफल भई सर्वसम्मतिले पारित भएकाले यसमा कुनै समस्या नरहेको दाबी गर्नु भएको थियो । उहाँले त्यस विधेयकले कर्मचारीहरुको वृत्ति विकासमा कुनै समस्या नपार्ने पनि बताउनु भएको थियो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रेम सुवाल, सरिता गिरीलगायतका सांसदहरुले स्थानीय तहको स्वीकृतिबिना नै विधेयक तयार गरेको भन्दै फिर्ता लिन माग गरेका थिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया