हिरो गोल्डकप महिला फुटबल: नेपाल ३-१ ले पछाडि

 फागुन ३, २०७५ शुक्रबार १९:४३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

हिरो महिला फुटबलको फाइनल खेलकाे दाेस्राे हाफकाे ६३ औं मिनेटमा  म्यानमारले नेपालविरुद्ध ३-१ काे अग्रता बनाएकाे छ ।

यसअघि  खेलकाे ५२ औं मिनेटमा  म्यानमारकी ७ नम्बारकी खेलाडीले डी बक्स नजिकैबाट प्रहार गरेकाे बल नेपालकी कीपरले राेक्न नसकेपछि म्यानमारले २-१ काे अग्रता बनाएकाे थियाे । 

त्यस्तै, उपाधिका लागि भएकाे खेलकाे पहिलाे हाफकाे ३४ औं मिनेटमा म्यानमारले पहिलाे गाेल गरेकाे थियाे । लिग चरणमा नेपाललाई ३-० ले पराजित गरेकाे म्यानमार फाइनलमा पनि निकै बलियाे देखिनुका साथै उसकाे बल नियन्त्रण पनि नेपालकाे तुलनामा निकै राम्राे थियाे ।  

तर, पहिलाे हाफकाे इन्ज्युरी समयमा नेपालकी मञ्जली याेन्जनले गाेल गर्दै १-१ गाेलकाे स्थितिमा पुर्‍याइन् ।

खेल सुरु हुनुभन्दा पहिले नेपाल र म्यानमारको राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका सीआरपीएफका जवानहरुको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया