नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
रसुवा – सरकारले गएको बिहीबार सार्वजनिक गरेको ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा माथिल्लो त्रिशूली थ्री ‘बी’मा लगानी गर्न सकिने भएको छ ।
रसुवा र नुवाकोटको सीमा क्षेत्रमा निर्माण हुन लागेको ३७ मेगावाटको आयोजनामा सर्वसाधारणले सुरुमै लगानी गर्न पाउने भएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको संयोजकत्वमा शुक्रबार बसेको संयोजन समितिको पहिलो बैठकले त्यो निर्णय गरेको हो ।
आयोजनाको प्रवद्र्धक कम्पनीमा प्राधिकरण र नेपाल टेलिकमको ३०-३० प्रतिशत शेयर स्वामित्व छ । रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।
२०७७ फागुन २९ गतेबाट विद्युत उत्पादन सुरु गर्ने आयोजनाले लक्ष्य लिएको छ ।