डीपीएलमा धनगढी स्टार्सलाई माैसमकाे भर, आजको खेल स्थगित भए प्लेअफमा नपुग्ने पक्का

 फागुन ४, २०७५ शनिबार १३:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - धनगढी प्रिमियर लिग डीपीएल अन्तर्गत आज तय भएको दोस्रो खेल हुने सम्भावना निकै न्यून बनेको छ ।

यद्यपि खेल गराउन साढे तीन बजेसम्मको अन्तिम समय तोकिएको छ । आज दोस्रो खेलमा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

'अहिले ग्राउण्डस्टाफ र स्वयंसेवकहरु मैदानको पानी फाल्नमा व्यस्त छन् । साढे तीनसम्म कुरौँ, त्यसपछि पनि खेल्नयोग्य भएन भने खेल स्थगित हुनेछ,’ राष्ट्रिय टिमका व्यवस्थापक रमन सिवाकोटीले बताए ।

मैदानको खप्तड इन्डमा बढी मात्रामा पानी जमेको छ । त्यससँगै स्क्वायर लेगको पछिल्लो भागतिर पनि केही मात्रामा पानी छ । अहिले धनगढीमा घाम लागेका कारण पनि मैदान सुक्ने आशामा प्राविधिक टोली छ । डीपीएलमा तीन खेल हारिसकेको धनगढीलाई प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।

आजको खेल भएन भने दुवै टिमले अंक बाँढ्नेछन् र यसको घाटा धनगढीलाई हुनेछ जसले तीनै खेलमा पराजय भोगेको छ । आज जिते पनि उसको सम्भावना न्यून नै हुनेछ । महेन्द्ररनगर भने तीन खेलबाट एक अंकसहित पाँचौँ स्थानमा छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया