भारतले नेपाली चियाको निर्यात रोक्यो, गम्भीर सङ्कट निम्तिने चिय...
बैशाख ८, २०८१ शनिबार
कैलाली - धनगढी प्रिमियर लिग डीपीएल अन्तर्गत शनिबारका लागि तय भएको दोस्रो खेल रद्द भएको छ ।
खेल्नका लागि मैदान योग्य नभएपछि खेल स्थगित भएका कारण महेन्द्रनगर र धनगढीले १–१ अंक बाँडेका छन् ।
यद्यपि आइतबारका लागि भने मैदान तयार रहने बताइएको छ । अब पानी सुकेको र आइतबारका लागि खेल्न तयार रहने बताइएको छ ।
आज खेल नभएपछि धनगढी एक खेल अगावै प्लेअफबाट बाहिरियो । महेन्द्रनगर भने तीन खेलबाट दुई अंक जोड्न सफल भएको छ ।
महेन्द्ररनगरको भने तीन खेलबाट एक अंक सहित पाँचौं स्थानमा छ । शीर्ष स्थानमा रहेको पाँच अंकसहित काठमाडौं गोल्डेन्स शीर्ष स्थानमा छ । अत्तरिया, रुपन्देही र विराटनगरको ४–४ अंक छ । महेन्द्रनगरको दुई अंक भएको छ भने धनगढीको एक अंकमात्र छ ।