'पुलवामा' हमलाबारे आफैले दिएको अभिव्यक्तिका कारण 'द कपिल शर्मा शो' बाट बाहिरिए सिद्धु

 फागुन ४, २०७५ शनिबार १८:१३:३४ | एजेन्सी
unn.prixa.net

जम्मू कश्मिरको 'पुलवामा'मा भएको हमलाको बारेमा आफूले राखेको अभिव्यक्तिका कारण नवजाेत सिंह सिद्धु कपिल शर्मा शाे बाट बाहिरिएका छन् ।

कांग्रेस नेता पनि रहेका नवजित सिंह सिद्धुले हमलाका बारेमा आफ्नो विचार राखेका थिए जसका कारण उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा उडाउन थालियो ।

जनमानसबाट उनलाई कपिल शर्मा शो बाट निकाल्नुपर्ने दबाब दिइन थालियो । त्यसपछि उनीमाथि कडा कारबाही गर्दै कपिल शर्मा शो बाट निकालिएकोबारे इण्डिया टुडेले पुष्टि गरेको छ । उनलाई निकालेपछि उनको स्थानमा अर्चना पूरण सिंह आउने बताइएकाे छ ।

के भनेका थिए सिद्धुले ?

पूर्व क्रिकेटर पनि रहेका सिद्धुले मिडियासँगको कुराकानीमा भनेका थिए, ‘के केही मान्छेको करतुतका कारण पुरै देशलाई नै जिम्मेवार मान्न सकिन्छ ?’ 

पुलवा हमलामा पाकिस्तानलाई दोषी नठहर्याउनुपर्ने उनको यही अभिव्यक्तिले अहिले उनलाई विरोधको सामना गरिरहनुपरेको छ । उनले आफूले यस हमलाको घोर निन्दा गरेको पनि बताउँदै भनेका थिए, ‘म यस हमलाको घोर निन्दा गर्छु । हिंसालाई कुनैपनि प्रकारबाट सही मान्न सकिँदैन, जसले पनि यो अपराध गरेको हो उसलाई कडा भन्दा कडा सजाय दिनै पर्छ ।’

यो सँगै उनले भारत र पाकिस्तानका बीच स्थायी समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताएका थिए । उनले भनेका थिए, ‘आतंकवादीको कुनैपनि देश, जात, धर्म, हुँदैन । केही गलत मान्छेका कारण पुरै देश(पाकिस्तान)लाई निम्मेवार ठहर्याउनु उचित हुँदैन ।

सिद्धुको यही अभिव्यक्तिमाथि भारतीयहरुले विरोध जनाउँदै उनलार्य कपिल शर्मा शो बाट बाहिर निकाल्नुपर्ने माग राखेका थिए । अब द कपिल शर्मा शोबाट उनलाई बाहिर जानको लागि बाटो खुला गरिदिएको छ ।

यो भन्दा अगाडि उनी पाकिस्तानका प्रधानमन्त्री इमरान खानको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । त्यतिबेला पनि उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा उडाइएको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया