भक्तपुरमा चट्याङ्गमा परेर वनभोज गएका ६ जना विद्यार्थी घाइते

 फागुन ४, २०७५ शनिबार १८:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – वनभोज मनाउन भनेर शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा गएका ६ जना विद्यार्थी चट्याङमा परेर घाइते भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू वनभोज मनाइरहँदा वर्षासँगै परेको चट्याङमा परेर घाइते भएको प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइते हुनेहरूमा स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २४ वर्षीय कमल पाण्डे, नवलपरासी सुस्ता गाउँपालिका–५ का २५ वर्षीय सत्तेनन्द गुप्ता, मोरङ कोसीदरैचा नगरपालिका–४ घर भइ कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, ओखलढुङ्गा रुम्जाटार घर भइ त्रिभुवन विश्वविद्यालयका सुरक्षागार्ड ५७ वर्षीय ललित गुरुङ, कैलाली गौरी नगरपालिका–१ का २५ वर्षीय जीवन भण्डारी र सर्लाही घर भइ विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने २९ वर्षीया सीता खड्का रहेका छन् ।

घाइते सबैको डा.इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: फागुन १२, २०७५

तपाईको प्रतिक्रिया