राष्ट्रपति भण्डारीद्वारा मेचीकाली विश्व अभियानको उद्घाटन

 फागुन ४, २०७५ शनिबार २०:२६:२३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय प्रविधिक र व्यवसायिक शिक्षा अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सोलुखुम्बु बहुमुखी क्याम्पसले सञ्चालन गर्ने मेची–काली विश्व अभियानको शनिबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले मुलुक आर्थिक समृद्धिमा केन्द्रित रहेको परिप्रेक्षमा गुणस्तरीय प्राविधिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको प्रतिष्ठा र सभ्यतासँग जोडिएका हिमश्रृङखला, हिमनदी, जैविक विविधतालाई कायम राख्नु आजको आवश्यकता भएको बताउनुभयो । 

पहिलोपटक सोलुखुम्बु आउनुभएका राष्ट्रपति भण्डारीले विश्वसामु नेपाललाई परिचित गराउन शेर्पा समुदायको महत्वपुर्ण भूमिका रहेको भन्दै प्रशंसासमेत गर्नुभयो । देशको महत्वपूर्ण पर्यटकीय गन्तव्यसहित आरोहणका लागि शेर्पा आरोहीले खेलेको भूमिका देशले बिर्सन नसक्ने उहाँको भनाई छ ।

पहिलो सगरमाथा आरोही सर एडमण्ड हिल्लारीको सपनालाई साकार पार्नको लागि पनि अभियानले सहयोग पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति भण्डारी शनिबारै काठमाण्डौ फर्कने कार्यक्रम भए पनि मौसम प्रतिकूलताका कारण फर्कन सक्नुभएन। उहाँ आईतबार मात्रै काठमाण्डौ फर्कनुहुने जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जनाएको छ । 


        
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया