भारतले नेपाली चियाको निर्यात रोक्यो, गम्भीर सङ्कट निम्तिने चिय...
बैशाख ८, २०८१ शनिबार
धनुषा - प्रदेश २ का विभिन्न जिल्लाहरुको छुट्टछुट्टै स्थानमा आगलागी हुँदा १८ लाखभन्दा बढीको क्षति भएको छ ।
बाराको महागढिमाई नगरपालिका ६ पत्रहट्टीका ४५ वर्षीय पर्सुराम यादवले आफ्नै उखुबारीको पत्ती जलाउने क्रममा अन्य ६ जना व्यक्तिहरुको उखुबारीमा आगलागी हुँदा करिब ११ लाख ६० हजार बराबरको क्षति भएको छ ।
यस्तै रौतहटको कटहरीया नगरपालिका-३ बिरतिका हकिम मिया, हमिद मिया र जगत राय समेत ३ जनाको २५ कट्ठाको उखुबारीमा आगलागी हुँदा करिब १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका-९ टिकुलियाका आलम मियाको गोठ घरमा अचानक आगलागी हुँदा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गोठ घरभित्र रहेको काठ, अन्नपात, लताकपडा र गोठ नजिक रहेको परालको टौवा पुर्ण रुपमा जलेर नष्ट भएका छन्।
यस्तै सर्लाही ईश्वरपुर नगरपालिका-८ मनहर्वामा रहेको सगुन लालको कुखुराको फुसको खाली फर्ममा अचानक आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ भने सर्लाहीकै चक्करघट्टा गाउँपालिका ९ खोरियाका सन्तोष ठाकुरको घरमा एक्कासी ग्यास सिलिण्डरबाट आगो लाग्दा १ तल्ले फुसको घर जलेर ७० हजार बराबरको क्षति भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।