सन्दीप लामिछाने बिग ब्याश लिगकाे प्रदर्शनपछि पाकिस्तान सुपर लिग खेल्न दुबइ जाँदै

 फागुन ५, २०७५ आइतबार १७:३८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिगकाे फाइनल सकिएकाले मेलबर्न स्टार्समा आबद्ध नेपाली बलर सन्दीप लामिछानेको अर्को गन्तव्य दुबइ हुने भएको छ ।

उनी पाकिस्तान सुपर लिग खेल्नका लागि दुबइ जाने भएका हुन् । पाकिस्तान सुपर लिग - पीएसएलमा सन्दीपले लाहोर कलन्दर्सबाट खेल्नेछन् । उनको टिमले अहिलेसम्म २ खेलमा एकमा जित र एक हार ब्यहोरेको छ ।

बिग ब्याशका कारण सन्दीपले सुरूवाती २ खेल गुमाइसकेका छन् भने अब अर्को एक खेलपनि खेल्ने छैनन् ।

बिग ब्याशमा उनको टिम उपविजेता बनेपछि उनी अष्ट्रेलियाबाट सिधै दुबइ जाने संभावना बढेको छ । लाहोरले सन्दीपको अष्ट्रेलियाबाट दुबइसम्मको टिकट आइतबारसम्म पठाउने बुझिएको छ ।

सन्दीप खेल्ने टिममा कोरी एण्डर्सन, एबी डी भीलियर्स, कार्लोस ब्रेथवेट, यासिर साह जस्ता खेलाडी सामेल छन् ।
बीबीएलमा सन्दीपले ८ खेलमा ११ विकेट लिन सफल भए । तर सेमिफाइनल र फाइनलमा भने उनी विकेटविहीन भए पनि राम्रो इकोनोमीका साथ बलिङ गरेका थिए ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया