बहुविवाह गर्ने जोडीलाई कारबाही

 फागुन ५, २०७५ आइतबार १८:३३:७ | उपेन्द्र येक्तेन

पाँचथर - पाँचथरमा घरमा जेठी श्रीमती हुँदाहुँदै कान्छी ल्याउने तथा कान्छी श्रीमती बनेर आउनेलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।  

भोजपुरको साल्पासिलिछो गाउँपालिका - ६ घर भएका २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८, याङनामकि २९ वर्षीय सम्झाना जवेगुलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

श्रीमानले कान्छी श्रीमती भित्र्याएकाले कानुन बमोजिम दुवैलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै थुलुङकी जेठी श्रीमती सोमिला राईले पाँचथर प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जेठी श्रीमतीको जाहेरी परेपछि दुवै जनालाई पक्राउ गरिएकाे पाँचथर प्रहरीले जनाएकाे छ ।  

पक्राउ परेकाे जोडीलाई जिल्ला अदालत पाँचथरमा बहुविवाहको मुद्धामा म्याद थप गरेर कारबाही अगाडि बढाइएकाे पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया