अष्ट्रेलियाका प्याट कमिन्स बलिङ्तर्फ टेष्ट वरीयताकाे शीर्ष स्थानमा

 फागुन ५, २०७५ आइतबार १८:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाका बलर प्याट कमिन्स आईसीसी टेष्ट क्रिकेटको बलिङ्तर्फको शीर्ष स्थानमा उक्लिएका छन् ।

कमिन्स ग्लेन म्याकग्राथपछि टेष्ट क्रिकेटको वरीयतामा शीर्ष स्थानमा उक्लने पहिलो अष्ट्रेलियन खेलाडी बनेका छन् । म्याकग्राथ सन् २०१६ मा टेष्ट क्रिकेटको वरीयतामा शीर्ष स्थान रहेका थिए ।

आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा कमिन्स शीर्ष स्थानमा उक्लिएका छन् भने दोस्रो स्थानमा इंग्ल्याण्डका जेम्स एन्डरसन रहेका छन । तेस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् । कमिन्सको आठ सय ७८ अंक छ भने एन्डरसनको ८ सय ६२ अंक छ ।

तेस्रो स्थानमा रहेका राबाडाको आठ सय ४९ अंक छ । टेष्ट वरीयताको शीर्ष १० मा भारतीय खेलाडी रविन्द्र जडेजा र रविचन्द्रन आश्विन रहेका छन् । जडेजा पाँचौ स्थानमा छन् भने रविचन्द्रन आश्विन १० औं स्थानमा छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया