बी डिभिजन लिग: आइतबारकाे खेलमा श्रीकुमारी क्लब र मध्यपुर युथ एशोसिएशन विजयी

 फागुन ५, २०७५ आइतबार १९:४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत श्रीकुमारी क्लब र मध्यपुर युथ एशोसिएशन विजयी भएका छन् ।  

सातदोबाटोमा आइतबार भएको खेलमा श्रीकुमारीले नयाँबस्ती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको अतिरिक्त समयमा विवेक चौधरीले गोल गर्दै श्रीकुमारीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए ।

दोस्रो हाफको शुरुमै श्रीकुमारीले अग्रता दोब्बर पार्‍यो ।  रुकेश श्रेष्ठले ४९औं मिनेटमा गोल गर्दै अग्रता २–० बनाएका हुन् । त्यसपछि थप गोल हुन सकेन र श्रीकुमारी विजयी भयो ।

आइतबारै भएको अर्को खेलमा  बाँसबारी क्लब मध्यपुर युथ एशोसिएशनसँग १–० ले पराजित भयाे । पहिलो हाफको १५ औं मिनेमा रोनिस देके राजबाहकले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया