सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
कञ्चनपुर - कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर हृदयराज बजगाईँ ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
बेलौरीको स्लेभ कल्भर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम रनिङ बिल फरफारक गराउने प्रयोजनको लागि सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएपछि अख्तियारले रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका बजगाईँमाथि थप अनुसन्धान भइरहेको अख्तियारका सुचना अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो ।