मध्यपहाडी लोकमार्गको चौडाइ घटाउन प्रस्ताव

 फागुन ५, २०७५ आइतबार २०:८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोटमझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गको चौडाई घटाउनुपर्ने प्रस्ताव पारित गरेको छ ।

नगर कार्यपालिकाको बैठकले नगरपालिकाको क्षेत्रभित्र पर्ने मध्यपहाडी लोकमार्गको चौडाइ आधा घटाउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्वन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मेयर दीपनारायण रिजालले ६२ मिटर चौडाई भएको मध्यपहाडी लोकमार्गको चौडाई ३० किलोमिटर बनाइनुपर्ने प्रस्ताव पारित गरिएको जानकारी दिनुभयो । 

सडकको केन्द्रबाट दायाँ ३१ मिटर र बायाँ ३१ मिटर गरी ६२ मिटर चौडाई भएको मध्यपहाडी लोकमार्गले आसपासका जग्गा अधिग्रहण गर्दा सीमित जग्गा भएका सयौं स्थानीय सुकुम्बासी बन्ने अवस्था देखिएकाले सडकको चौडाइ घटाउनुपर्ने प्रस्ताव पारित गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले भने सडकको केन्द्रबाट दायाँ १५ मिटर र बायाँ १५ मिटर सीमा तोक्नुपर्ने प्रस्ताव अघि सारेको हो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया