स्पेनिस ला लिगा: घरेलु मैदानमै जिरोनासँग २-१ ले हार्‍याे रियल मड्रिड

 फागुन ५, २०७५ आइतबार २०:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिड जिरोनासँग पराजित भएको छ ।

जारी लिगमा सातौँ हार ब्यहोरेको रियल जिरोनासँग दुई एकले पराजित भयो । घरेलु मैदानमा भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको २५ औं मिनेटमा कासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा १० मिनेटमा दुई गोल खाँदा हार ब्यहोर्यो । ६५ औं मिनेटमा स्टुआनीले पेनाल्टी मार्फत गोल गर्दै जिरोनालाई बराबरीमा पुर्याए ।

त्यसपछि ७५ औं मिनेटमा पोर्टुले पाहुना टिम जिरोनालाई अग्रता दिलाए । लगातार पाँच खेलमा हारेको जिरोनाकाे श्रृंखलामा पूर्ण विराम लागेकाे छ भने रियलको ५ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।

हारपछि रियल फेरि दोस्रो स्थानमा उक्लनबाट चुकेको छ । यता जिरोनाले रियलको मैदानमा पहिलो पटक जित निकालेको हो । यस्तै ला लिगामा उसको १५ खेलमा पहिलो जित हो । उसले रियलविरूद्द २०१८ को  डिसेम्बरपछि पहिलो जित निकालेको हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया