घरेलु टोली रुपन्देही तिलोत्तमा गोल्डकपकाे सेमिफाइनलमा

 फागुन ५, २०७५ आइतबार २०:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - घरेलु टोली रुपन्देहीले २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

बुटवलमा रहेकाे एन्फा टेक्निकल सेन्टरको मैदानमा आइतबार भएको खेलमा घरेलु टोली रुपन्देहीले धरानको सुनसरी–११ लाई सडेन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

रुपन्देहीका डिफेन्डर रामजीले ‘म्यान अफ दी म्याच’ हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत साेमबार काठमाण्डौका संकटा क्लब र च्यासल युथ क्लब भिड्नेछन् ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ८ लाख ८० हजार हात पार्नेछन् भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया