राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित नेताहरुको भेटवार्ता

 फागुन ६, २०७५ सोमबार ६:३३:२६ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुग्नुभएको हो ।

भेटमा उहाँहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया