पलुवामा झडप, चारजना भारतीय सुरक्षाकर्मीको मृत्यु

 फागुन ६, २०७५ सोमबार १०:१४:५ | एजेन्सी
unn.prixa.net

भारत प्रशासित काश्मीरको पलुवामा सोमबार फेरि चारजना भारतीय सैनिकको ज्यान गएको छ । 

पलुवा जिल्लाको पिंगलाने क्षेत्रमा भारतीय सुरक्षाकर्मीको सर्च अभियानका क्रममा एक मेजरसहित चारजनाको ज्यान गएको र एकजना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू काश्मिरमा अर्को विस्फोट, मेजरको मृत्यु

चरमपन्थी लुकेको सूचना पाएपछि खोजी अभियानका लागि गएको सुरक्षाकर्मीको संयुक्त फौजले कारबाही थाल्नासाथ आक्रमण हुँदा चारजनाको ज्यान गएको र एकजना घाइते भएको पुष्टि भएको तर अझै सेनाको कारबाही चलिरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता मनोज कुमारले बीबीसीलाई बताएका छन् ।

जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म !

गएको विहीबार भारतीय सुरक्षाकर्मी चढेको गाडीमा भएको कार बम विष्फोटमा ४० जना भन्दा बढी सुरक्षाकर्मीको ज्यान गएपछि पलुवा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले खोजी अभियान चलाइरहेका छन् ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया