बारा दुर्घटना : घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन

 फागुन ६, २०७५ सोमबार १५:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बारा दुर्घटनामा गम्भीर घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

गएको माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको ना १ झ १६३३ नम्बरको जीप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक रोकिराखेको ट्याक्टरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि घटनास्थलमै सशस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेलको निधन भएको थियो ।

गएको शनिबार एसपी पोख्रेल र प्रजिअ भट्टराईका परिवारले सवारी दुर्घटना रहस्यमय भएको भन्दै छानबिन गर्न माग गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईका भाइ नरेश भट्टराईले काठमाण्डौ पत्रकार सम्मेलन गर्दै घटना नियोजित भएको आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नुपरेको बताउनुभएको थियो ।

बारा दुर्घटना रहस्यमय बन्दै: परिवारद्वारा छानबिनकाे माग

प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप दुर्घटना, सशस्त्रका एसपीको मृत्यु

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया