सरकारी अनुदानकाे पैसा माग गर्दै उखु किसानद्वारा विराेध प्रदर्शन

 फागुन ६, २०७५ सोमबार १५:२५:४५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – उखु किसानले सरकारी अनुदानको रकम माग गर्दै  पूर्व पश्चिम राजमार्गअन्तर्गत  सर्लाहीको हरिवनमा विरोध प्रदर्शन गरेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ को सरकारले उखु किसानलाई अनुदानबापत दिनुपर्ने ६५ रुपैयाँ २८ पैसा र चिनी उधोगले दिनुपर्ने ५ रुपैयाँ अहिलेसम्म पनि नदिएकाले आन्दोलन गर्नु परेको नेपाल राष्ट्रिय उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

किसानसँग सरकार गैरजिम्मेवारी रुपमा प्रस्तुत भएकाले अब किसानले जस्तोसुकै मूल्य चुकाएर भुक्तानी लिएरै छोड्ने किसान अगुवा राजकुमार उप्रेतीले बताउनुभयो । हातमा उखुको लाक्रो बोकेर  प्रदर्शनमा उत्रिएका  किसानले  एक वर्ष बितिसक्दा समेत उखुको भुक्तानी नपाएकाले आन्दोलनको विकल्प नभएको बताएका छन् ।

उहाँहरुले आजबाट चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्दै राजमार्ग बन्द गर्ने  समेत कार्यक्रम तय गर्नुभएकाे छ । उखु बिक्री  गरेको रकम लिन उखु किसान सहज रुपमा  सरकारसँग प्रस्तुत हुँदा नसुनेकाले अब कडा रुपमा सडकमा आउने सर्लाही क्षेत्र ३ क बाट निर्वाचित प्रदेश संसद डिल्ली उप्रेतीले बताउनुभयो ।

२०७५ बैशाख ४ गते बसेको मन्त्रिपरिषद् बैठकले  किसानलाई प्रतिक्विन्टल उखुको चिनी उद्योगीबाट ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारी अनुदानबापत ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने निर्णय भएको थियो । चिनी उधोगले ५ रुपैयाँ बाँकी राखेर किसानलाई  भुक्तानी गरे पनि सरकारले दिनुपर्ने ६५ रुपैयाँ २८ पैसा अझै पाउन सकेका छैनन् ।

सरकारले उखु उत्पादक कृषकहरूलाई राहत दिन राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।  कार्यदलले  उखु उत्पादक किसानलाई भुक्तान गर्न  अर्थ मन्त्रालयसँग ९० करोड माग गरको र अर्थले सबै जिल्लाका उखु किसानलाई भुक्तान गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम पठाए थियो ।

सबै  जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उखु किसान राहत समितिमार्फत किसानको रकमा बैैंक खाताका जाने व्यवस्था गरिएको थियो । तर सर्लाहीका किसानको लागि प्रक्रिया झन्झटिलो भएकाले अनुदानको रकम वितरण गर्न नसकिएको सर्लाहीका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख जगत थपलियाले बताउनुभयो ।

गत वर्ष भारतीय उखु क्रसिङ भएकाले अनुदान कसरी  दिने भन्ने अन्यौलका कारण किसानले अनुदानको रकम पाउन नसेको सरकारी पक्षको दाबी छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया