डीपीएल : विराटनगर किंग्सलाई हराउँदै सीवाईसी अत्तरिया प्लेअफमा

 फागुन ६, २०७५ सोमबार १७:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलमा सीवाईसी अत्तरियाले विराटनगर किंग्सलाई १० रनले पराजित गरेको छ ।

१४९ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा ८ विकेट गुमाएर १३८ रनमा रोकिएको छ । योसँगै महेन्द्रनगर युनाइटेडले प्लेअफमा स्थान बनाएको छ । जितसँगै विराटनगर भने रनरेटमा पछि पर्दै प्लेअफमा पुग्न असफल भयो ।

विराटनगरका आरिफ शेखले ३९ रन बनाउँदा पृथु बास्कोटाले २७ रन जोडेका थिए । भुवन कार्की र दिपेन्द्र रावतले दुई-दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ४८ रन बनाएको थियो । जारी प्रतियोगितामा अत्तरीयाले बनाएको यो सबै भन्दो ठूलो स्कोर हो ।

प्रतियोगिताकै उत्कृष्ट सुरुवात गरेको अत्तरियाले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले दुई विकेट सस्तैमा गुमायो । ओपनर जितेन्द्रसिंह ठकुरी १३ रनमा आउट भए भने सन्दीप जोरा मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि कप्तान दिपेन्द्रसिंह ऐरी पनि १० रनमा आउट भएपछि अत्तिरयाले ७९ रनमा तेस्रो विकेट खेर फाल्यो । चौथो विकेटका लागि जयकिशन कोल्सावाला र सन्नी पटेलले उत्कृष्ट साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए ।

जसमा जयकिशनले अर्धशतकीय पारी खेल्दै अविजित ५१ रन बनाए भने सन्नी पटेलले पनि अर्धसतक बनाए । उनले किशोर महतोको अन्तिम ओभरमा २४ रन प्रहार गरे । उनले अविजीत ६१ रन बनाए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया