निर्वाचन आयोगका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदमा छलफल

 फागुन ६, २०७५ सोमबार १८:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संवैधानिक परिषदले निर्वाचन आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिसका विषयमा छलफल सुरु गरेको छ । 

संवैधानिक परिषदको सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तिका लागि सिफारिसका सम्बन्धमा छलफल गरेको हो । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तिका लागि सिफारिसबारे आउँदो फागुन १२ गते बस्ने अर्को बैठकले टुंगो लगाउने गरी छलफल गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय सभावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको सदस्यहरुको सिफारिसका विषयमा पनि छलफल गरिएको थियो । परिषदको गएको माघ ६ गते बसेको बैठकले ती आयोगहरुको अध्यक्षमा सिफारिस गरे पनि सदस्यहरुबारे भने छलफल गरिएको थिएन ।

त्यसको नियुक्तिका लागि सिफारिस गर्ने विषयमा पनि छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषदले संवैधानिक आयोगको नियुक्तिका लागि गरेको सिफारिस संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया